हरिपुर कृषि सहकारी संस्था को आयोजनामा र हरिपुर नगरपालिकाको सहयोगमा आज धान दिवस भब्य रूपमा सम्पन्न भएको छ । साथै उक्त कार्यक्रममा हरिपुर कृषि सहकारी संस्था , लक्ष्मीपुर कृषि सहकारी संस्था र जानकीनगर कृषि संस्था लाई पावर ट्रयाक्टर वितरण गरिएको छ । हरिपुर नगरपालिकाको तर्फ बाट सम्पूर्ण नगरबासीमा धान दिवस (अषाढ १५) को शुभकामना ।
हरिपुर नगरपालिकाले हरिऔन मेयर कप को उपाधि चुम्न सफल भएको छ । लालबन्दी नगरपालिका लाई २- १ गोल अन्तरले हराउदै नगद रु. १ लाख साथै ट्रफी हात पार्यो। खेलमा दुवै गोल जर्सी नम्बर १४ का कप्तान सबिर चौधरी ले गरे साथै उनले म्यान अफ द म्याच (Man of the Match) र सर्बाधिक गोलकर्ता (Highest scorer) को अवार्ड हात पारे। बेस्ट किपरको (Best Keeper)अवार्ड हरिपुर न. पा. का शत्रुघन चौधरी ले जित्न सफल रहे । बिजयी खेलाडी तथा सम्पूर्ण नगरबासी मा बधाई !!!
#Cheers!!! #WeChampions #TheWinner #TheHistory
हरिऔन मा जारी प्रथम मेयर कप फुटबल प्रतियोगिताको पहिलो खेलमा हरिपुर नगरपालिकाले बरहथवा नगरपालिका लाई ५-१ ले हराउँदै शानदार जीत निकालेको छ । खेल मा सबिर चौधरीले ह्याट्रिक गरि म्यान अफ द म्याच हात पर्न सफल भए । त्यसैगरि सुरज लामाले १ तथा निरोज चौधरी ले १ गोल गर्न सफल भए । सपुर्ण खेलाडीलाई बधाई एबम आगामी जित को अग्रिम शुभकामना ।
नव बर्ष २०७५ सालको उपलक्ष्यमा यस हरिपुर नगरपालिकाका नगर प्रमुख श्री जमिरुदीन मंसुर र नगर उपप्रमुख श्री रेणुका देवी काफ्ले तथा हरिपुर नगरपालिकाको तर्फबाट सम्पूर्ण नगरबासी दाजुभाई दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं l
२०७४/१२/१३ गते, हरिपुर नगरपालिकालाई एक भभ्य कार्यक्रम गरि खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको छ ।
मिति २०७४/१२/०८, गते बिहिबार हरिपुर वडा नं . ८ वडा कार्यालयले आफ्नो वडाका जेष्ठ तथा बृद्दबृद्दालाइ सम्मान गरेको छ ।
"आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण : ग्रामिण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण" भन्ने मूल नाराको साथ् १०८ औं अन्तरास्ट्रिय श्रमिक नारी दिवस सम्पन्न भयो
हरिपुर नगरपालिकाको प्रथम नगरसभाको केहि झलकहरु, २०७४/१०/२१, आइतबार