आज मिति २०७६/०३/०१ गते देखि यस हरिपुर नगरपालिकामा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाको शुभारम्भ भएको छ | यस कार्यक्रमको पहिलो चरणमा यस नगरपालिका भित्रका १०० जना बेरोजगारलाई रोजगार दिईने छ |