२०८१ आषाढ १६ गते हरिपुर नगरपालिका सभाहलमा मेयर ज्यू को अध्यक्षतामा निजी स्वास्थ्य संस्था र स्थानीय तह बिचमा समन्वय बैठक सम्पन्न भएको छ । USAID ARH परियोजनाको सहयोगमा सम्पन्न बैठकमा स्वास्थ्य क्षेत्रमा काम गर्ने नीजी संस्थाका प्रतिनिधिहरु को समेत उपस्थित थियो। कार्यक्रममा स्वास्थ्य नीति तथा निजी स्वास्थ्य संस्था संचालन कार्यविधि नियमावली वारेमा जानकारी तथा निजी स्वास्थ्य संस्था हरुको सेवाको तथ्यांङ्क राष्ट्रिय प्रणाली मा समावेश गर्न सहजिकरण गर्ने, निजी स्वास्थ्य संस्थाबाट निष्काषित फोहोर ब्यवस्थापन गर्ने सम्बन्धमा छलफल भएको छ ।