जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

ग्यालरी

यस हरिपुर नगरपालिकाले बैंकसम्म धाएर लाईन बस्नुपर्ने झन्झट नहुने गरी सबै वडा कार्यालयमा नै सम्बन्धित बैंकका कर्मचारी मार्फत सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाईएको छ । यस कामको सुरुवात आज देखि हरिपुर न.पा. वडा नं. ३ बाट गरिएको छ । यस कार्यमा सहयोग गर्नुहुने सम्पूर्णलाई हार्दिक धन्यबाद ।

मिति: 01/29/2023 - 13:16
, , , , ,

यस हरिपुर नगरपालिकाको एघारौँ नगरसभाको समुद्घाटन समारोह नगर प्रमुख श्री गोपाल पजियार को अध्यक्षता, संविधानसभा सदस्य श्री रामचन्द्र चौधरीको प्रमुख आतिथ्यता र संविधानसभा सदस्य श्री रंजना सरकारको बिशिष्ट आतिथ्यता मा भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागि सम्पूर्ण मा हार्दिक धन्यवाद ।

मिति: 01/10/2023 - 08:46
, , , , , , , , ,

आज मिति २०७९।०९।२२ गते शुक्रबारका दिन यस हरिपुर नगरपालिकाको नगर प्रमुख श्री गोपाल पजियार ज्यूको अध्यक्षता, जिल्ला अदालत सर्लाहीका माननीय न्यायधिश श्री रमेशकान्त अधिकारी ज्यूको प्रमुख आतिथ्यता र न्यायीक समितिको संयोजक एवम् उपप्रमुख निलम देवी राय यादवको उपस्थितीमा बैठक बसी परिचयात्मक, स्वागत तथा न्यायीक समितीबाट सम्पादन भएका काम कारवाहीहरुको जानकारी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

मिति: 01/06/2023 - 12:27
, , ,

हरिपुर नगरपालिकाको चालु आ. व. २०७९।०८० को पहिलो चौमासिक सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम हरिपुर नगरकार्यपालिको प्राङ्गण मा भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम मा सहभागी सम्पुर्णमा हार्दिक धन्यवाद ।

#haripurmun #Haripur #publichearingprogram

Visit us : http://haripurmun.gov.np

Twitter handle: @haripurmun

मिति: 01/05/2023 - 16:16
, , , , , , , , , , ,

हरिपुर नपा कार्यालयका शाखा प्रमुख कर्मचारीलाई स्थानीय तह संस्थागत स्वमूल्यांकन सम्बन्धी छलफल कार्यक्रम ।

मिति: २०७९/०९/१८

मिति: 01/04/2023 - 21:36
, , ,

SAP- Nepal को आयोजनामा हरिपुर नपाका कर्मचारी लाई योजना, राजस्व र सामाजिक समावेशीकरण सम्बन्धी एक दिवसीय गोष्ठी !

मिति: २०७९/०९/१८

मिति: 01/04/2023 - 21:30
,

जिल्ला प्रशासन कार्यालयको सहयोगमा हरिपुर नपा -२ स्थित जनकल्याण प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई न्यानो लुगा र जुत्ता लगायत सामग्री वितरण नगर प्रमुखज्यू, प्रजिअज्यू, उपप्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष लगायतको उपस्थितिमा सम्पन्न । ( मिति: २०७९।०९।१४ गते विहिबार । )

मिति: 12/30/2022 - 19:27
, , ,

आज जनकपुरमा आयोजित एक कार्यक्रमका बिच मेयर गोपाल पजियारज्यूको पहल र समन्वयमा हरिपुर नगरपालिकामा सुविधासम्पन्न जनस्वास्थ्य प्रयोगशाला स्थापनाको निमित्त करिब ५० लाख बराबरको ल्याब सम्बन्धित स्वास्थ्य सामग्री र उपकरणहरु उपलब्ध गराउनु भएकोमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामलाई धेरै धन्यवाद छ ।

मिति: 12/13/2022 - 15:38
, , , , , , ,

लैंगिक हिंसा बिरुद्दको १६ दिने अभियान अन्तर्गत आज हरिपुर नगरपालिकाले आयोजना गरेको सचेतनामुलक र्याली तथा कार्यक्रममा केही झलकहरु ।

हामी सबै आजैबाट लैंगिक हिंसाजन्य कार्य नगर्ने प्रण गरौँ ।

मिति: 12/01/2022 - 18:25
, , , , , , , , , , ,

Pages

//