जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

ग्यालरी

यस हरिपुर नगरपालिका अन्तर्गत रहेको सामाजिक सुरक्षा तथा पंजीकरण शाखाद्वारा १ दिने व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा अनलाईन गुनासो सम्बन्धी १ दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । कार्यक्रममा नगर उप-प्रमुख रेणुका देवि काफ्ले, प्रमुख प्रशासकिय अधिकृत राज कुमार दास, वडा गुनासो सुनुवाई समितिका सदस्यहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । आफ्नो गुनासाहरु https://gms.donidcr.gov.np/Grievance/PublicMain यो लिंकमा गई दर्ता गर्न सक्नु हुनेछ । उक्त कार्यक्रमका केहि झलकहरु..........

मिति: 07/05/2021 - 13:53
, , , , , ,

"धान उत्पादनमा बृद्दि, खाधसुरक्षा, आत्मनिर्भरता र समृद्दि" भन्ने मुल नाराका साथ आज मिति २०७८/३/१५ गते यस हरिपुर नगरपालिकाले राष्ट्रिय धान दिवस २०७८ भव्य रुपमा मनाएको छ । कार्यक्रममा नगरप्रमुख जमिरुदिन मंसुर, उपप्रमुख रेणुका देवि काफ्ले, प्रमुख प्रशासिकय अधिकृत राज कुमार दास, विभिन्न वडाका वडा अध्यक्ष्यहरु, वडा सदस्यहरु, कृषि शाखाका कर्मचारीहरु, राजनितिक दलका प्रतिनिधी तथा स्थानियहरुको सहभागिता रहेको थियो । यस हरिपुर नगरपालिका तर्फ बाट सम्पुर्ण नगरवासी किसान दाजुभाई दिदि बहिनीहरूलाई धान दिवसको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहान्छौँ ।

मिति: 06/29/2021 - 16:59
, , , , , , , , , , , ,

"सीप सिकौँ रोजगारी सृजना गरौँ "

गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम (मेडपा) कार्यक्रम अन्तर्गत अगरबत्ती उत्पादन सीप विकास तालिम र तालिम पश्चात उत्पादन गरिएका अगरबत्तीको अवलोकन कार्यक्रम मा केही झलकहरु ।

मिति: 06/28/2021 - 20:22
, , , , , ,
मिति: 03/09/2021 - 06:56
, , , , , , , , ,
मिति: 08/12/2018 - 13:28

Pages